पाँच करोडको लागतमा पक्की पुल

गुल्मी । गुल्मीको पनाहा खोलामा रू पाँच करोड छ लाख लागतमा पुल निर्माण भएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाको रू पाँच करोड छ लाख लागतमा पनाहा खोलामा पक्की पुल निर्माण गरिएको हो ।
पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकलाई थप राहत मिलेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ र इस्मा गाउँपालिका–२ को सङ्गमस्थल पनाहा खोलामा पक्की पुल निर्माण सम्पन्न भएपछि दुई पालिकाबीच आवतजावत गर्न सहज भएको छ ।
पुल निर्माण भएपछि यतिबेला त्यस क्षेत्रका नागरिकलाई अब जोखिमपूर्ण यात्रा गर्न नपर्ने भएको छ । पैतीस मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको रहेको पुलको महादेव खिम्ती श्रेष्ठ कन्सट्रक्सन प्रालिले पुल निर्माणको काम सम्पन्न गरेको होे ।
रेसुङ्गा नगरपालिका–४ देखि इस्माको पालुखा र धुर्कोटको जैसीथोकसम्म पुलले मानिसलाई आवतजावत गर्नका लागि थप सहज बनाएको स्थानीय कमला पन्थीले बताए ।
पक्की पुल नहुँदा बर्सातको समयमा आधा घण्टाको दूरी पार गर्न डेढ घण्टाकोे लामो बाटो हिँड्नुपर्ने बाध्यता रहेको र पुल बनेपछि सो समस्या समाधान भएको स्थानीय टङ्कप्रसाद श्रेष्ठले बताए। “अहिले पुल निर्माण भएपछि सबैलाई निकै सजिलो भएको छ, बर्सातको समयमा खोला तर्दा बगाउलाकी भन्ने डर हुन्थ्यो, अब निकै सजिलो भयो,” उनले भने ।










तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया