वित्तीय सचेतना जारी गर्दै राष्ट्र बैंक: नाबालकको नाममा खाता खोल्न मिल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बालबालिकाको नाममा बैंक खाता खोल्न मिल्ने बताएको छ । बैंकले आज वित्तीय सचेतनाका लागि सूचना जारी गर्दै बैंक खाता खोल्न उमेरको सीमा नहुने स्पष्ट पारेको हो।
बैंकका अनुसार ‘सानै उमेरदेखि बालबालिकालाई बैंक खातासँग परिचित गराउँदै उनीहरुको वित्तीय चेतना अभिवृद्धि गर्न बैंक तथा वित्तीय संस्थामा खाता खोली बचत गर्ने बानी बसालौँ’, उक्त जारी सुचनामा भनेको छ।
सानै उमेरदेखि बालबालिकालाई बचतको महत्व बुझाउन तथा अभिभावकले आफ्ना बालबालिकाको भविष्यका लागि वित्तीय योजना तयार गर्न उनीहरुको नाममा नै बैंक खाता खोल्न सकिने केन्द्रीय बैंकले जनाएको छ। ‘जन्मदर्ता प्रमाणपत्र वा नाबालक परिचयपत्रको आधारमा कुनै पनि बैंक वा वित्तीय संस्थामा यस्तो खाता खोल्न सकिन्छ’, सूचनामा भनिएको छ, ‘यसरी नाबालकको खाता खोल्दा ऊ कानुनी रुपमा बालिग नभएसम्म खाता सञ्चालनको अख्तियारी नाबालकको अभिभावक वा संरक्षकमा रहन्छ ।’
नाबालक बालिग भएसँगै बैंक वा वित्तीय संस्थामा गई आधिकारिक हस्ताक्षरलगायत अन्य विवरण अद्यावधिक गराएपश्चात् खाता सञ्चालनको अख्तियारी हस्तान्तरण हुने राष्ट्र बैंकले जनाएको छ।
















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
प्रतिक्रिया