प्रधानमन्त्री कप क्रिकेट : कैलाली फाइनलमा प्रवेश

बैतडी । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा कैलालीले फाइनलमा स्थान सुरक्षित गरेको छ । आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा डडेल्धुरामाथि चार रनको जित निकालेर कैलाली फाइनलमा पुग्यो ।
जितका लागि पाएको एक सय ४६ रनको सामान्य लक्ष्य पछ्याएको डडेल्धुरा ३८ दशमलव ५ ओभरमा १४१ रनमा अलआउट भयो । जसमा राहुल भण्डारीले अविजित ४४, कप्तान अर्जुन विकले ३६, निरज ऐरले २३ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् ।
सामान्य लक्ष्य पछ्याएको डडेल्धुरा सम्हालिएर खेल्न नसक्दा सेमिफाइनलबाटै बाहिरियो । बलिङतर्फ कैलालीका कप्तान नारायण जोशी र दीपक रोकायाले ३र३ र शेर मल्लले दुई विकेट हात पारे ।
यसअघि पहिला ब्याटिङ गरेको कैलाली ३३ दशमलव २ ओभरमा १४५ रनमै समेटियो । उसका टेक रावतले अर्धशतकीय पारी खेल्दै ६१, निश्चल क्षेत्री ३५, सन्दीप साउदले २४ रन हिर्काए । डडेल्धुराका लागि राहुल भण्डारीले ६, कप्तान अर्जुन विक र निरज ऐरले २,२ विकेट झारे ।
कैलालीले उपाधिका लागि भोलि हुने दोस्रो सेमिफाइनलमा बैतडी र कञ्चनपुरमध्ये विजेता टोलीसँग खेल्नेछ । उपाधि भिडन्त तथा फाइनल खेल फागुन २२ गते हुनेछ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा फागुन ११ देखि सुरू प्रतियोगिता प्रदेशका ८ टोलीको सहभागिता रहेको छ । यो छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने सुदूरपश्चिमको टोली तयार गरिने प्रादेशिक क्रिकेट सङ्घका मुख्य छनोटकर्ता दीपेन्द्रसिंह भण्डारीले बताए ।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया