प्रधानमन्त्री कप क्रिकेट : कैलाली फाइनलमा प्रवेश

बैतडी । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा कैलालीले फाइनलमा स्थान सुरक्षित गरेको छ । आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा डडेल्धुरामाथि चार रनको जित निकालेर कैलाली फाइनलमा पुग्यो ।
जितका लागि पाएको एक सय ४६ रनको सामान्य लक्ष्य पछ्याएको डडेल्धुरा ३८ दशमलव ५ ओभरमा १४१ रनमा अलआउट भयो । जसमा राहुल भण्डारीले अविजित ४४, कप्तान अर्जुन विकले ३६, निरज ऐरले २३ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् ।
सामान्य लक्ष्य पछ्याएको डडेल्धुरा सम्हालिएर खेल्न नसक्दा सेमिफाइनलबाटै बाहिरियो । बलिङतर्फ कैलालीका कप्तान नारायण जोशी र दीपक रोकायाले ३र३ र शेर मल्लले दुई विकेट हात पारे ।
यसअघि पहिला ब्याटिङ गरेको कैलाली ३३ दशमलव २ ओभरमा १४५ रनमै समेटियो । उसका टेक रावतले अर्धशतकीय पारी खेल्दै ६१, निश्चल क्षेत्री ३५, सन्दीप साउदले २४ रन हिर्काए । डडेल्धुराका लागि राहुल भण्डारीले ६, कप्तान अर्जुन विक र निरज ऐरले २,२ विकेट झारे ।
कैलालीले उपाधिका लागि भोलि हुने दोस्रो सेमिफाइनलमा बैतडी र कञ्चनपुरमध्ये विजेता टोलीसँग खेल्नेछ । उपाधि भिडन्त तथा फाइनल खेल फागुन २२ गते हुनेछ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा फागुन ११ देखि सुरू प्रतियोगिता प्रदेशका ८ टोलीको सहभागिता रहेको छ । यो छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने सुदूरपश्चिमको टोली तयार गरिने प्रादेशिक क्रिकेट सङ्घका मुख्य छनोटकर्ता दीपेन्द्रसिंह भण्डारीले बताए ।











तीन शीर्ष नेतासँग पहिलोपटक संवादमा प्रधानमन्त्री कार्की
राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
नेप्सेमा सामान्य अंकको सुधार
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया