‘जलवायु परिवर्तनका असर घटाउन बाह्य सहयोग अपरिहार्य’

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरबाट मुलुक नराम्ररी प्रभावित भएको वास्तविकता प्रस्तुत गर्दै त्यसलाई घटाउन बाह्य सहयोग अपरिहार्य भएको बताएका छन् ।
आफ्नो सम्मानमा लन्डनस्थित नेपाली दूतावासले शुक्रबार साँझ आयोजना गरेको स्वागत समारोहमा उनले जलवायु परिवर्तनको असर देशको कृषि, पर्यटन र दैनिक जीवनमा परिरहेकाले त्यसलाई घटाउन बेलायत जस्ता नेपालको विकासका साझेदारहरुको सहयोग आवश्यक भएको बताए ।
जलवायु परिवर्तनका असर घटाउने तथा जैविक विविधता संरक्षण नेपालको मात्र नभई अन्तर्राष्ट्रिय समुदायको चासोको विषय भएको बताउँदै मन्त्री ठकुरीले नेपाल र बेलायतबीचको समुधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउनु पर्नेमा जोड दिएका थिए । मन्त्री ठकुरीको निजी सचिवालयका अनुसार गोर्खा सैन्यका कारण नेपाल–बेलायत सम्बन्ध अझ उन्नत रहेको चर्चा गर्दै उनले दूतावासका कर्मचारी तथा कूटनीतिक नेतृत्वलाई मातृभूमिको चौतर्फी विकासलाई केन्द्रमा राखेर काम गर्न अनुरोध गरे ।
हालै जारी भएको अध्यादेशले विदेशी लगानी प्रोत्साहन गरेको र अन्य ऐनकानुन पनि लगानीमैत्री भएकाले मातृभूमिको औद्योगिक विकासका खातिर पुँजी जुटाउने दिशामा सक्रियताका साथ काम गर्न मन्त्री ठकुरीले सुझाए । नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायत र नेपालबीचको दुई शताब्दीभन्दा पुरानो कूटनीतिक सम्बन्धको चर्चा गर्दै द्विपक्षीय हित, साझा चासो र आपसी लाभ प्रवद्र्धन गर्न आफू प्रतिबद्ध रहेको बताए ।
















पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रतिक्रिया