आजको मौसम : कोशी र मधेसमा हुरीबतासको सम्भावना

काठमाडौँ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ ।
आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
साथै कोशी र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको समेत सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको छ ।















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
प्रतिक्रिया