सेयर बजारमा ७ अंककाे गिरावट, काराेबार रकम ४ अर्ब ३४ करोड
मेरोन्यूज
२०८१ चैत ४ गते १५:२५

काठमाडौं । कारोबारको तेस्रो दिन सेयर बजार घटेको छ ।
मंगलबार नेप्से परिसूचक ७ दशमलव ६६ अंकले घटेर २६९७ दशमलव ०४ को विन्दुमा पुगेको हो ।
आज ३१३ कम्पनीको ५० हजार ८३४ पटकको कारोबारमा ८२ लाख ३७ हजार ९०२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार रुपैयाँ रहेको छ ।
मंगलबार ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया