नागरिक उन्मुक्तिको केन्द्रिय समिति बैठक आजवाट

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय समिति बैठक बस्दैँछ ।
पहिलो महाधिवेशन पछि आजवाट सुरू हुन लागेको यो पहिलो केन्द्रीय समिति बैठक हो ।
बैठक चैत ८ र ९ गते मध्य बानेश्वरस्थित सनराइज क्याफेमा बस्दैछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।
अध्यक्ष रन्जिता श्रेष्ठले समसमायिक राजनीतिक बिषय तथा अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दी लगायत विभिन्न विषयमा छलफल गर्न आकस्मिक केन्द्रीय समिति बैठकको आह्वान गरेको जनाएकी छन् ।
सो बैठकमा पार्टीका प्रमुख संरक्षक रेशम चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाइएको छ ।
साथै, पार्टीबाट निर्वाचित सङ्घ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप प्रमुखहरू, जसलाई पछि केन्द्रीय समिति सदस्य बनाइएको थियो, उनीहरूपनि केन्द्रीय समिति बैठकमा बस्नेछन् ।
बोलाइएको छ ।
नाउपाको पहिलो महाधिवेशन गत वर्ष पुस २६–२८गतेसम्म कैलालीको टिकापुरमा सम्पन्न भएको थियो । पहिलो महाधिवेशनले रेशम चौधरीको अध्यक्षतामा केन्द्रीय समिति गठन गरे पनि अदालतको आदेशका कारण उनी पदमुक्त हुनु परेको थियो ।















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
प्रतिक्रिया