आज चैत १८ गते सोमवारको राशिफल, कुन राशिका लागि राम्रो ?

काठमाडौं ।आज २०८१ साल चैत १८ गते सोमबार चैत शुक्ल पक्षको द्वितीया तिथि। मत्स्यनारायण मेला। विश्व अटिजम जागरुकता दिवस। तदनुसार सन् २०२५ मार्च ३१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
आजको फलादेशः
मेष :अनावश्यक शंका हितकारी नहोला। अधिकारीहरूको समक्ष प्रतिभा देखाउनमा सफलता मिल्नेछ। अड्किएका कार्य सजिलै प्रारम्भ हुनेछन्। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
वृष : कार्यक्षेत्रमा योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। घरपरिवारदेखि जोडिएका मामलाहरूमा हतारमा निर्णय नलिनुहोला। गुमाएको प्रतिष्ठा प्राप्त गर्नको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
मिथुन : रचनात्मक कार्यहरूमा रुचि बढ्नेछ। नोकरी वा पेशामा नयाँ उपलब्धि प्राप्त गर्न सकिएला। इष्टमित्र र आफूभन्दा सानाको सहयोग मिल्ला। प्रेम सम्बन्ध सुमधुर रहने छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट : विशिष्ट व्यक्तिहरूको सल्लाहलाई ध्यान दिनुहोस्। कार्यक्षेत्रमा चलिरहेको कार्यमा सानोतिनो बाधा उत्पन्न हुनेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।
सिंह : कार्यक्षेत्रमा अधिकारीबाट प्रशंसा पाइनेछ। यात्रा गर्दा नचिनेका मान्छेहरु को विश्वास नगर्नुहोला। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कन्या : रोजगारबाट लाभ प्राप्त हुनेछ। प्रशासनिक काममा बाधा आउनेछ। सवारी साधनमा धन खर्चका योग छन्। आम्दानीभन्दा खर्चमा वृद्धिले मन अशान्त रहनेछ। व्यापार व्यवसायमा सोचविचार गरेर निर्णय लिनुहोला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ७ रहेको छ।
तुला : दाम्पत्य जीवन सुमधुर रहनेछ। युवावर्गहरूको नयाँ प्रेम प्रसंग प्रारम्भ होला। कार्यक्षेत्रमा रोकिएको कार्य प्रारम्भ हुनेछ। साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक : लक्ष्य प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन्। पिताको सहयोग मिल्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
धनु : घरपरिवारमा मांगलिक वा धार्मिक कार्यक्रममा सहभागी हुनाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा नयाँ योजनाहरू क्रियान्वित गर्ने समय रहेको छ। विद्यार्थीहरूलाई पढाइमा मन नलाग्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।
मकर : मानसिक परेशानीहरूबाट मुक्ति मिल्नेछ। नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। आयस्रोत सबलल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ : कर्मयोगले मानसम्मानमा वृद्धि हुनेछ। शिक्षाको क्षेत्रमा पदोन्नतिका योग छन्। दिगो कामको जग बसाउने समय रहेको छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
मीन : आर्थिक पक्ष सबल रहनेछ। सरकारी वा वित्तीय क्षेत्रबाट लाभ मिल्नेछ। राज्य पक्षबाट सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिको सल्लाहले रोकिएको काम प्रारम्भ हुनेछ। बौद्धिक क्षेत्रमा तपाईंको उच्च स्थान रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ९ रहेको छ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रतिक्रिया