नेपालमै छु, छिट्टै तिमीहरूको मलामी लिएर आउँदैछु : दुर्गा प्रसाईं

काठमाडौं । गत १५ गते शुक्रबार राजावादीहरूले आयोजना गरेको आन्दोलनका कमान्डर तोकिएका दुर्गा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन् । हाल फरार रहेका प्रसाईंले नेपाल छाडिसकेको सुरक्षास्रोतको दाबीविपरीत उनले आफू नेपालमै रहेको बताएका हुन् ।
प्रसाईंले आफ्नो सचिवालयको फेसबुकमा स्टाटस लेखेर आफू नेपालमै रहेको र रणनीति बनाइरहेको दाबी गरेका हुन् ।
आफूले नेपालमै लुक्ने ठाउँ भेटेको तर नेताहरूले त्यस्तो ठाउँ पनि भेट्न नसक्ने दाबी गर्दै उनले आफू सिंह भएको दाबी गर्दै उनले सिंहले पनि सिकार गर्नुभन्दा पहिला एक कदम पछि हट्ने बताएका छन् ।
उनले लेखेका छन्,“शिकार गर्नुभन्दा पहिला सिंह पनि एक कदम पछि हट्छ, अनि पुनः आक्रमण गर्छ ! दुर्गा प्रसाई सिंह नै हो,अब छिट्टै तिमीहरूको मलामी लिएर आउँदै छ, भ्रष्टाचारी हो ! मैले त लुक्ने ठाउँ भेटेको छु नेपाल मै छु, भावी रणनीति तयार गर्दै छु,तर तिमीहरूले त्यो पनि पाउदैनौँ, बुझिराख ! जय रास्ट्रवाद !!
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया