राज्यका संयन्त्र सूचना दिन डराउनु हुँदैन : प्रमुख सूचना आयुक्त आचार्य

सुदूरपश्चिम। राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले सूचना पाउने नागरिकको हक कार्यान्वयनका लागि राज्य संयन्त्रहरू डराउन नहुने बताएका छन् ।
आयोगले आज धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय अन्तरक्रियामा उनले सहज रूपमा सूचना प्रवाह गर्न सकिए त्यसबाट देशको समृद्धि र सुशासनमा टेवा पुर्याउने बताए ।
‘सूचनाको हकसम्बन्धी कानुनअनुसार कसैले पनि दिन मिल्ने सूचना प्रवाहमा लापरबाही गर्न हुँदैन । राज्यका संयन्त्र यसको प्रयोगमा गम्भीर बन्न आवश्यक छ’, प्रमुख सूचना आयुक्त डा आचार्यले भने।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले गरिखाने वर्ग समुदायका लागि सूचनाको हक निकै महत्त्वपूर्ण रहेको धारणा राखे । सूचना प्रवाह गर्ने काम चुस्तदुरूस्त बनाउन जरुरी रहेकामा जोड दिँदै उनले इमानदार भएर काम गर्नेले सूचना दिन डराउनु नपर्ने बताए ।
आयोगका सचिव दीर्घराज मैनालीले सूचनाको हक कार्यान्वयनका लागि आयोगले खेलेको भूमिकामाथि प्रकाश पारे ।
सुदूरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विकास कोइरालाले सूचनाको हक कार्यान्वयनका लागि प्रदेश सरकारबाट भइरहेका नीतिगत व्यवस्थालगायत विषयबारे चर्चा गरे ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, आयोगका आयुक्त गगन विष्ट, नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष भरत शाहलगायतले सूचनाको सहज पहुँच बढाउनुपर्नेमा जोड दिए ।
नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारका कुनै पनि विषयको सूचना माग्न पाउने हकको व्यवस्था गरिएको छ । संविधानबमोजिम सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ कार्यान्वयनमा छ ।
आयोगका अनुसार सुदूरपश्चिम प्रदेशमा गत वर्ष सूचना पाउन नसकिएको भनेर ८१ निवेदन/उजुरी परेका छन् । ती उजुरीमध्ये सबैभन्दा बढी पालिका तहसँग सम्बन्धित छन् ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया