तीनकुने घटनाबारे गृहमन्त्रीले राज्य व्यवस्था समितिमा जवाफ दिने
मेरोन्यूज
२०८१ चैत १९ गते १६:५२

काठमाडौं। प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिले गृहमन्त्री रमेश लेखकसँग चैत १५ गतेको तीनकुने घटनाबारे जानकारी लिने भएको छ।
बुधबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसदहरूले राजावादी समूहको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबारे सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूले गृहमन्त्रीको जवाफ माग गरेका थिए।
राजावादी समूहको प्रदर्शनबारे जवाफ दिन गृहमन्त्री शुक्रबारको समिति बैठकमा उपस्थित हुने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।
चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनको क्रममा २ जनाको मृत्यु भएको थियो। साथै प्रदर्शनकारीले निजी सम्पत्ति तोडफोड र आगजनी गरेका थिए।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया