कार्यवाहक प्रधानमन्त्रीले बोलाएको वार्तामा गएनन् शिक्षक
मेरोन्यूज
२०८१ चैत २१ गते १६:२०

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको वार्तामा विभिन्न जिल्लाबाट काठमाडौँ आएर आन्दोलन गरिरहेका शिक्षकहरू नजाने भएका छन् ।
कार्यवाहक प्रधानमन्त्री सिंहले शुक्रबार दिउँसो तीन बजे आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका थिए । आज हुने छलफलमा गृहमन्त्री, मुख्य सचेतक, प्रमुख सचेतक पनि सहभागी हुने बताइएको छ ।
शिक्षक महासंघको टोली नगएपनि सरकारी टोली भने छलफलमा सहभागी भएका छन् ।
शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरू काठमाडौ आएका छन्। २० चैतदेखि उनीहरूले काठमाडौमा प्रदर्शन गरिरहेका छन् । गत २०८० असोजमा भएको सहमति अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरिरहेका छन्।
सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया