शनिबार, वैशाख ६, २०८२

नेपाल बार चुनाव : मिश्रको प्यानलको जित निश्चित

मेरोन्यूज २०८१ चैत २६ गते १८:१५

काठमाडौं । नेपाल बार एसोसिएसनको चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ ।

शनिबार भएको मतदानको गणना अन्तिम चरणमा पुग्दा अध्यक्षमा डा. विजय मिश्र निर्वाचित हुने निश्चित भएको छ ।

लगभग २ हजार मतगणना गर्न बाँकी रहँदा मिश्रले प्रतिस्पर्धी उम्मेदवार रमन श्रेष्ठलाई २ हजार २ सयभन्दा धेरै मतले पछाडि पारेका छन् ।

हालसम्मको मतगणनामा मिश्रले ४२७२ भोट ल्याएका छन् भने माओवादी, रास्वपानिकटका कानून व्यवसायीको प्यानलबाट लडेका श्रेष्ठको १८४३ मत छ । मिश्रसँगै उनकाे प्यानलका सबै उम्मेदवारकाे जित निश्चित भइसकेको छ ।

निर्वाचनको अन्तिम परिणाम आजै आउने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया