अवैध लागूऔषध गाँजासहित एअरपोर्टवाट विदेशी पक्राउ
मेरोन्यूज
२०८२ वैशाख ४ गते १८:२९

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक विदेशी पक्राउ परेका छन् ।
करिब ५ किलो २ सय ग्रामसहित श्रीलंकन नागरिक ६१ वर्षीय मोहम्मद सलिमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
श्रीलंकन एयरको उडानद्वारा काठमाडौं हुँदै श्रीलंका जान लागेका उनलाई डिपार्चर होल्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त पदार्थ फेला पारी पक्राउ गरिएको हो ।
उनलाई थप अनुसन्धान एवम् आवश्यक कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।
सम्बन्धित
















राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया