शनिबार, वैशाख ६, २०८२

अवैध लागूऔषध गाँजासहित एअरपोर्टवाट विदेशी पक्राउ

मेरोन्यूज २०८२ वैशाख ४ गते १८:२९

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक विदेशी पक्राउ परेका छन् ।

करिब ५ किलो २ सय ग्रामसहित श्रीलंकन नागरिक ६१ वर्षीय मोहम्मद सलिमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

श्रीलंकन एयरको उडानद्वारा काठमाडौं हुँदै श्रीलंका जान लागेका उनलाई डिपार्चर होल्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त पदार्थ फेला पारी पक्राउ गरिएको हो । 

उनलाई थप अनुसन्धान एवम् आवश्यक कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।

प्रतिक्रिया