सारा तेन्दुलकरलाई डेट गरिरहेका छन् अभिनेता सिद्धान्त चतुर्वेदी

काठमाडौं । अभिनेता सिद्धान्त चतुर्वेदीको नाम लामो समयदेखि अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दासँग जोडिएको थियो ।
तर, अहिले सिद्धान्त भारतीय क्रिकेटर सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरसँग नजिकिएको खबर बाहिरिएका छन् ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार सिद्धान्त र सारा आजभोलि एकअर्कालाई डेट गरिरहेका छन्। दुबैलाई धेरै अवसरमा सँगै देखिएको छ।
सम्बन्ध अझै प्रारम्भिक चरणमा भएकोले दुवैले यो खबरलाई लुकाइरहेको दाबी गरिएको छ।
अभिनेता सिद्धान्त नव्या नवेलीसँगको सम्बन्धको खबरका कारण चर्चामा थिए। गत वर्ष, सिद्धान्त धेरै अवसरहरूमा नव्यासँग देखिए। दुवै जना एकअर्काको घरमा हुने पार्टीहरूमा जान थाले, त्यसपछि उनीहरूको सम्बन्धको हल्लाले समाचारको शीर्षक पायो। त्यसैबीच, उनीहरू दुवै जना छुट्टी मनाउन सँगै ऋषिकेश गए, जसकारण उक्त हल्लाले थप गति लियो।
तर, केही महिनादेखि यी दुई अलग भएको खबरहरू पनि आए। दुवै जना पहिले एकअर्काको पोस्ट लाइक गर्थे, तर अहिले उनीहरू इन्स्टाग्राममा एकअर्कालाई फलो पनि गर्दैनन्।
कामको कुरा गर्दा, सिद्धान्तले गली ब्वाय, नादानियाँ, बंटी और बबली २ जस्ता फिल्ममा अभिनय गरिसकेका छन् । उनी अन्तिम पटक नेटफ्लिक्समा रिलिज भएको ‘खो गए हम कहाँ’ मा देखिएका थिए। अब आगामी दिनमा उनी ‘धडक २’ मा देखिनेछन्। यसमा उनको अपोजिटमा ‘एनिमल’ फेम तृप्ती डिमरी हुनेछिन्।













उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशभर पश्चिमी वायुको प्रभाव , कस्तो रहला आजको मौसम ?
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया