शुक्रबार, वैशाख २६, २०८२

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले दिए जवाफ

मेरोन्यूज २०८२ वैशाख २५ गते १७:०७

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नाउपाका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणमा सरकारको कुनै पूर्वाग्रह नरहेको प्रष्टीकरण दिएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा चौधरी पक्राउको विषयमा जवाफ दिँदै मन्त्री लेखकले भने,‘कानुनको कार्यान्वयन गर्ने बाहेक कुनै मनसाय नभएको जानकारी गराउन चाहन्छु ।’

चौधरीलाई पक्राउ गर्दा उनको परिवारजनमा भएको पीडाप्रति लेखकले दुःख व्यक्त गर्न गरेका छन् । सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टको ‘विवेक बाहिरको पत्र व्यहोरा’को कारण चौधरीलाई पक्राउ गर्नुपर्ने अवस्था आएको मन्त्री लेखकले बताए ।

प्रहरीले सर्वोच्चको आदेश पालना गर्ने उद्देश्यले मात्रै चौधरीलाई पक्राउ गरेको भएपनि सत्य पत्ता लागेपछि छाडेको उनले बताए ।

अनधिकृत पत्र तयार पार्ने विष्टलाई पक्राउ गरिसकेको मन्त्री लेखकले बताए ।

प्रतिक्रिया