‘वनलाई आयआर्जनसँग जोड्नुपर्छ’: मन्त्री शाही

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई आयआर्जनसँग जोड्नुपर्ने बताएका छन् ।
रेड कार्यान्वयन केन्द्रद्वारा आज आयोजित दोस्रो वन सम्वद्र्धन राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले वन व्यवस्थापनलाई आम्दानी, नवप्रवर्तन, ‘डिजिटल’ प्रविधि, बजार पहुँच, मूल्य शृङ्खला र स्थानीय रोजगारी सिर्जनासँग जोडिनुपर्ने बताए ।
‘सिल्भीकल्चर’को सिद्धान्त र अभ्यासद्वारा वन व्यवस्थापनलाई आयआर्जनसँग जोड्न सकिने विचार व्यक्त गर्दै मन्त्री शाहीले देशको वन क्षेत्रको समग्र सुधार र आगामी दशकको दिगो दिशा तय गर्न गोष्ठी उपयोगी हुने बताए । उनले भने, “वन क्षेत्रको वर्गीकरण, ‘थिनिङ’, कटानी, पुन:रोपण, प्रजातिको सन्तुलन, तथा ‘रोटेसन’लगायत वैज्ञानिक विधिको प्रयोगद्वारा उत्पादनशीलता, गुणस्तर र दिगोपन अभिवृद्धि गर्न सकिन्छ ।”
वन हरित पूर्वाधार, जीवन, जलवायु र अर्थतन्त्रको आधार भएको उल्लेख गर्दै मन्त्री शाहीले वनसम्बन्धी नीति, संरचना र मार्गदर्शनको स्पष्टताबाट वन क्षेत्रको उपयोगमा सरोकार भएका निकायहरूसँग सहकार्य गर्न सहज हुने बताए । उनले मुलुकमा पर्याप्त वन क्षेत्र भए पनि काठ र फर्निचर विदेशबाट आयात गरिरहनुपर्ने परिस्थितिको अन्त्य हुनुपर्नेमा जोड दिए ।










दुई संसदीय समितिको बैठक बस्दै
गोकुल बास्कोटाको कटाक्ष : चुनाव हुँदैन भन्देै दलहरु भित्रभित्रै समानुपातिक उमेदवार नाम बटुल्दैछन्
चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट
कस्तो छ आज देशभरको माैसम ?
समानुपातिक उम्मेदवार बन्न पाउने र नपाउने : यस्ता छन् मापदण्ड
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया