पाँचथरमा प्रचण्डले भने– अब कांग्रेस–एमालेसँग मिल्दैनौँ, आफ्नै खुट्टामा उभिन्छौँ

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपमल दाहाल प्रचण्डले अब कुनै पनि दलसँग नमिल्ने घोषणा गरेका छन् । उनले अब आफ्नै खुट्टमा उभिने बताएका छन् । शनिबार पाँचथरको फिदिम बजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले अब माओवादी कांग्रेस र एमालेजस्तो नहुने बताए ।
अध्यक्ष प्रचण्डले संविधान मिचेर आफ्नो सरकार ढालेको बताउँदै भने, ‘हामी पटक–पटक कांग्रेस र एमालेसँग मिल्यौं, जसका कारण हामी पनि उनीहरू जस्तै देखियौं । अब भने हामी मिल्ने छैनौं । हामी आफ्नै खुट्टामा उभिएर अघि बढ्नेछौं ।’
स्थानीय तह, स्ववियू निर्वाचन, पत्रकार महासंघलगायतका पछिल्ला निर्वाचनमा माओवादी केन्द्रले उल्लेखनीय परिणाम ल्याएको जनाउँदै, उनले आगामी निर्वाचनमा पार्टी एक्लै अगाडि बढ्ने र जनताको पक्षमा सुरु गरिएका कामलाई निरन्तरता दिइने बताए ।
सभामा बोल्दै अध्यक्ष प्रचण्डले देशका विभिन्न भौगोलिक क्षेत्रलाई आपसमा जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, र देशभरका उत्तर–दक्षिण करिडोर जस्ता पूर्वाधार विकासका अभियानहरू माओवादी नेतृत्वको सरकारका पालामा सुरु गरिएको उल्लेख गरे ।
भर्खरै सम्पन्न ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ पार्टीको मात्रै नभई जनताको अभियान बनेको निष्कर्ष पार्टीले निकाले उल्लेख गर्दै, केही दिनमै सुरु हुने औपचारिक चरण बैतडीबाट भए पनि पाँचथरको यो कार्यक्रम सोही अभियानको पूर्वसञ्चार भएको उनले स्पष्ट पारे।
‘मध्यपहाडी लोकमार्गको प्रस्तावक हामी हौं, यसको पूर्वी सुरुवात पाँचथरमा रहेको छ ,’ अध्यक्ष प्रचण्डले भने, ‘यस क्षेत्रका जनताको हितमा बनेका मध्यपहाडी लोकमार्ग जस्ता पूर्वाधार अभियानहरू पनि हामीले नै सुरु गरेका हौं।’
कोशी प्रदेशको पुनः नामकारणका लागि आफूले प्रयास गर्नेसमेत उनले बताए । ‘संसदमा संख्याकम भएकोले नामाकरण भयो । अब जनमत अबको चुनावमा जनमत जुटाएर पुनः नामकारण गर्छौं’, प्रचण्डले भने ‘यो उपस्थितिले उत्साहित छु । यही जिल्लाको सांसदलाई प्रदेश सरकारको नेतृत्व दिलाउन मेरो प्रयास हुनेछ । विगतमा केही प्राविधिक कारणले मुख्यमन्त्री बनाउन सकिएन ।’ उनको भनाइ प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङबोप्रति थियो ।










कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया