‘सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व’

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले कृषि र खाद्य प्रणाली रुपान्तरणका लागि पानीको महत्व उच्च रहेको बताए ।
जल स्रोत तथा सिँचाइ विभाग, राष्ट्रिय सिँचाइ तथा निकास समिति, अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्था र इञ्जिनियरिङ अध्ययन सस्थानद्वारा संयुक्त आज यहाँ आयोजित ‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’ विषयक सम्मेलनमा उनले कृषि र खाद्य प्रणालीको रुपान्तरण गर्न पानीको महत्व उच्च भएकाले नेपाल सरकारले पनि यसलाई प्राथमिता दिएको जानकारी दिए ।
“पानीलाई पिउन र सरसफाइको लागि मात्र प्रयोग नगरी खाद्य प्रणालीको विस्तारमार्फत मानिसको जीवनस्तर सुधार गर्न मद्दत गर्दछ,” उनले भने, “नेपालमा धेरैजसो मानिसहरु खेतीपाति र कृषि क्षेत्रमा निर्भर रहेको हुँदा यसलाई सुधार गर्न जरुरी छ । ”
मन्त्री खड्काले जलवायु परिवर्तनका कारण खडेरी, बाढी र मौसम परिवर्तनका जोखिम बढ्दा यसले नेपालको कृषि र सिँचाई क्षेत्रमा ठूलो हानी पु¥याएको बताए । सिँचाइले किसानलाई धेरै वाली उब्जाउन र नयाँ प्रविधिको प्रयोगमा सहयोग पु¥याउने उनको भनाइ थियो ।
उर्जामन्त्री खड्काले सरकारले विस २०८० मा जारी गरेको सिँचाई नीतिले राम्रो प्रविधिको प्रयोग गर्ने, वर्षभरि पानी दिने र स्थानीय समुदायसँग मिलेर काम गर्ने कुरामा सहयोग पु¥याउने उल्लेख गरे । उनले भने “सिँचाइ र कृषि क्षेत्रकोसँगै योजना बनाएर अगाडि बढेमात्र पानीको बचत गर्न सकिने छ । ”
सम्मेलनमा ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले सम्मेलनले सिँचाइ र कृषि क्षेत्रको सहकार्यबाट खाद्य प्रणाली सुधारमा पानीको भूमिका पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दैे राष्ट्रिय विकासको आधार कृषि भएकाले यस क्षेत्रको विकासका लागि पानीको सही सदुपयोग हुनुपर्ने बताइन् ।
कृषि तथा पशुपञ्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले पानीको सही सदुपयोगमार्फत कृषि उत्पादकत्व बढाउनका लागि कृषि मन्त्रालय र सिँचाई विभागको थप समन्वयको आवश्यकता औँल्याउँदै सिँचाइ योग्य जमिनमा कृषिखेती नै प्रवद्र्धन गरिनुपर्छ भने ।
जल स्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले सम्मेलनमा सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व र जलस्रोतको प्रभावकारी उपयोगबाट आर्थिक समृद्धि हाँसिल गर्नेबारे आवश्यक छलफल हुने जानकारी दिए ।
जल स्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक मित्र बरालले सम्मेलनमा पानी, कृषि उत्पादन र खाद्य सुरक्षालाई जोड्ने नीति तथा अभ्यासमाथि छलफल गरी नेपाल सरकारको कृषि र सिँचाइ रणनीति तथा दिगो विकास लक्ष्य १, २ र ६ सँग समन्वयमा कार्यदिशा तय गर्ने जानकारी दिए ।
उनले भने, “ कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानीको महत्व उच्च हुन्छ । सिँचाइ तथा कृषिको संयुक्त प्रयासवाट खाद्य सुरक्षाको स्थायित्व, दक्षतापूर्वक जलस्रोतको उपयोगबाट आर्थिक समृद्धि हाँसिल गर्न आवश्यक पर्ने रणनीतिमा सम्मेलनमा छलफल हुनेछ र सम्मेलनबाट निष्केका निचोडलाई कार्यान्वयनमा लैजान्छौँ ।”
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले ‘कृषिसँगै आर्थिक वृद्धिमा गुमेका अवसरहरू : क्षेत्रगत एकीकरणका लागि विचार र समायोजन दृष्टिकोण’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्न सिँचाइलाई प्रवद्र्धन गर्न जरुरी छ भने । उनले भने , “ कृषि र खाद्य प्रणालीको रुपान्तरण गर्न सिँचाइमा लगानी वढाउन लागिएको छ । ”
इन्टरनेसनल कमिसन अन इरिगेशन एण्ड ड्रिनेजका अध्यक्ष मार्को आर्चिएरीले ‘कृषि–सिँचाइ एकीकरणका चुनौती र अवसर’ कार्यपत्र प्रस्तुत गर्दै जलवायु परिवर्तनको प्रत्यक्ष असर कृषि प्रणालीमा परेको बताए । इन्टरनेसनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युट महानिर्देशक डा मार्क स्मिथले ‘अनुसन्धानद्वारा एकीकृत सिँचाइ र कृषिमा सुधार’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै परम्परागत खेती प्रणालीमा सुधार गर्न र सिँचाइका लागि जलव्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।
नेपालको कृषि क्षेत्रले खाद्य सुरक्षा र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यसले ठूलो जनसङ्ख्यालाई रोजगारी समेत दिएको छ भने मुलुकको कूल गार्हस्थ उत्पादनमा झण्डै २५ प्रतिशत योगदान पु¥याउँदै आएको छ । जलवायु परिवर्तन, पानीको अभाव र व्यवस्थापनको कमीले सबै सिँचाइयोग्य भूमिमा वर्षभरि सिँचाइ सुविधा पु¥याउन कठिनाइ भइरहेको छ ।
सम्मेलनको प्राविधिक सत्रमा खाद्य सुरक्षाका लागि सिँचाइः अभ्यास र चुनौती र कृषि क्षेत्र र सिँचाइबीच सहकार्यका सम्भाव्य बाटोहरूको पहिचान विषयमा छलफल समेत हुने छ ।
प्रतिक्रिया