प्रेममा परेकी हुन् अभिनेत्री सामन्था ?

काठमाडाैं । अभिनेत्री सामन्था रुथ प्रभु र फिल्म निर्माता राज निदिमोरुको अफेयरको हल्लाकोबीच राजकी श्रीमती श्यामली डेले एउटा रहस्यमय पोस्ट सेयर गरेकी छिन्।
हालै, सामन्थाले राजसँगका आफ्ना केही तस्बिरहरू पोस्ट गरेकी थिइन्, जसमा उनी राजको काँधमा टाउको राखेर बसेको देखिन्छिन्। यसैबीच, राजकी श्रीमती श्यामलीले पनि सामाजिक सञ्जालमा एउटा भावुक नोट सेयर गरेकी छिन्, जुन अहिले भाइरल भएको छ।
श्यामलीले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन्, ‘आज मेरो बारेमा सोच्ने, देख्ने, सुन्ने, पढ्ने वा मेरो बारेमा लेख्ने सबैलाई म आशीर्वाद र माया पठाउँछु।’ उनले कसैको नाम भने लिइनन्, तर यो पोस्ट त्यही दिन आयो जब सामन्थाले राजसँगको आफ्नो तस्बिर साझा गरिन्। यसपछि, श्यामलीले यो पोस्ट वर्तमान परिस्थितिको सन्दर्भमा लेखेको अनुमान फ्यानहरुले गरिरहेका छन् ।
सामन्थाले आफ्नो डेब्यू प्रोडक्सन फिल्म ‘शुभम’ को प्रमोशनको क्रममा यी तस्विरहरू सेयर गरेकी थिइन्। उनले लेखेकी थिइन्, ‘शुभम’सँगको हाम्रो यात्रा सुरु भएको छ। नयाँ कथाहरूमा हृदय, जोश र विश्वासका साथ।’
तिरुपति मन्दिरमासँगै देखिएदेखि नै राज र सामन्थाबीचको निकटताको खबर बाहिर आइरहेका छन्। यद्यपि, अहिलेसम्म दुवैले आफ्नो सम्बन्धको बारेमा कुनै खुला बयान दिएका छैनन्।
राज निदिमोरुले २०१५ मा श्यामली डेसँग विवाह गरेका थिए। श्यामली पेशाले मनोविज्ञानमा स्नातक हुन् र राकेश ओमप्रकाश मेहरा र विशाल भारद्वाज जस्ता ठूला निर्देशकहरूसँग सहायक निर्देशकको रूपमा काम गरिसकेकी छिन्। उनी ‘रंग दे बसन्ती’ र ‘ओमकारा’ जस्ता चलचित्रहरूमा पटकथा लेखक र रचनात्मक सल्लाहकार पनि रहेकी छिन्। दुवैकी एक छोरी पनि छिन्।
















हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्दै फोरजीमा रूपान्तरण सुरु गर्ने
ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
प्रतिक्रिया