अछाम पुगेर प्रचण्डले भीम रावललाई भने, सहकार्य गरौँ

धनगढी । जागरण अभियानका क्रममा अछाम पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकार्यका लागि भीम रावललाई आग्रह गरेका छन् । जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग जागरण अभियानअन्तर्गत शनिवार अछामको साँफेबगरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीसँग सहकार्य गर्न भिम रावललाई आग्रह गरेका हुन् ।
सभामा प्रचण्डले भने ( कार्यक्रममा आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ, उहाँसग हिजो मात्र फोनमा कुरा भएको थियो। मैले तपाई किन अरु ठाउँ भौतारिरहनु भएको छ। आउनुस् समय खेर नफाल्नुस हामी बसेर कुरा गरौं, सहकार्य गरौं भने।
एमालेबाट कार्वाही पछि भीम रावल देश ब्यापी मातृभुमी जागरण अभियान संचालन गरिरहेका छन्।अध्यक्ष प्रचण्डले माओवादी बलियो भयो भने समग्र राष्ट्र नै बलियो हुने बताउँदै २०८४ मा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन आग्रह गरे। शुक्रबार बैतडीबाट सुरु गरेको अभियान बैतडी, डडेल्धुरा हुँदै शनिवार अछाम पुगेको हो ।









सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध
नवलपरासीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, २ जना घाइते
काठमाडौँकाे मध्यवानेश्वर बाट सुनका गहना चोरी गर्ने व्यक्ति पक्राउ
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया