युवा संघ महाधिवेशनमा कसको पल्ला भारी ?

काठमाडौँ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको १० औं राष्ट्रिय महाधिवेशन यही जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुन लागेकाे छ । यसका लागि सबै तयारी पुरा भइसकेको छ ।
महाधिवेशनका लागि नेतृत्व हत्याउने दाउँमा युवा नेताहरु लागिपरेका छन् । उनीहरु अहिले न्वारनदेखिको बल प्रयोग गरेर नेताको घरको चुलाचौकासम्म पुग्ने गरेका छन् । युवा संघको नेतृत्वमा अहिले उपाध्यक्ष प्रकाश गौतम, सहित अर्का उपाध्यक्ष महाराज गुरुङ, कृष्णहरि केसी र महासचिव सुमन परी लागिपरेका छन् ।
चारजनामध्ये पुरी, केसी र गुरुङ्लाई तेस्रो तहका नेताहरुको भरपुर सहयोग छ । उपाध्यक्ष गौतमलाई भने युवा प्रतिनिधिहरुको साथ दिइरहेका छन् । चारै जनामध्ये काम गर्न सक्ने र सबै कमिटीबाट क्रमश उपाध्यक्ष पदमा पुगेका गौतम सबैका प्रिय नेता हुन् । उनी अहिले नेताको घर नभई कार्यकर्ताको मनमा बस्न सफल भएका छन् ।
महासचिव पुरी लुम्बिनी प्रदेश मुख्यमन्त्री लिलागिरीका भान्जा हुन् । २०६९ सालमा आयोग सदस्यमा पराजित उनी फाइल बढुवा हुँदै महासचिवसम्म पुगेका हुन् । २०८० सालमा नेपालगंजमा भएको महाधिवेशनमा उनी सर्वसम्मत महासचिवमा निर्वाचित भएका हुन् ।
यस्तै अध्यक्षका अर्का दावेदार केसी पनि २०६९ सालमा भएको बुटवल महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका हुन् । सहकारी संचालक तथा पार्टी प्यालेसमा लगानी रहेका उनी पनि फाइल बढुवामा पर्दै आएका छन् ।
अर्का अध्यक्षका दावेदार गुरुङ २०६९ सालमा बुटवल महाधिवेशन भएको बेला दोलखा जिल्लाबाट युवा संघको उपाध्यक्ष कारण प्रतिनिधि भएर आएका थिए । एमाले पोलिटव्युरो सदस्य पार्वत गुरुङको भान्जा पर्ने उनी दोलखामा पाँच बर्षसम्म जिल्ला अधिवेशन नगरे अध्यक्ष भइरहेका थिए । पेट्रोलपम्प संचालक रहेका उनी पनि फाइल बढुवा हुँदै उपाध्यक्षमा पुगेका थिए । चार नेता अध्यक्षका दावेदार पनि युवाले मनपराएका गौतमलाई पार्टी नेतृत्वले सहयोग गर्ने युवा संघका एक नेताले बताए ।
गौतम एमालेको राम्रो पकट भएको काठमाडौँ क्षेत्र नं. १ का युवा नेता समेत हुन् । गौतम राष्ट्रिय युवा संघ नेपालमा २०६४ सालदेखि सक्रिय रहेका छन् । उनी युवा संघ काठमाडौँ महानगर वडा नंं १० को वडाध्यक्ष हुँदै क्षेत्रिय सचिव हुँदै क्षेत्रिय अध्यक्षको रुपमा कार्यरत रहेका छन् ।
गौतमले काठमाडौँ जिल्ला सदस्य हुँदै केन्द्रीय खेलकुद विभाग सचिवको र बुटवलमा भएको युवा संघको ८ औं महाधिवेशनबाट उपत्यकाबाट केन्द्रीय सदस्यमा निर्वाचित भई काठमाडौँ जिल्लाको इन्चार्जको जिम्मेवारी सम्हालिसकेका छन् ।
यस्तै उनी बागमती प्रदेशको संस्थापक संयोजक र नेपालगंजमा भएको नवौं महाधिवेशन उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।युवा संघका उपाध्यक्षसहित उनी अहिले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालिरहेका छन् ।
पोखरामा हुने युवा संघको महाधिवेशनमा एक हजार ८३४ जना प्रतिनिधि सहभागि हुनेछन् । यसपटक युवा संघको केन्द्रीय कमिटी १५१ सदस्य हुनेछ ।
















विश्व बैंकद्वारा नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
९ अंकले बढ्यो सेयर बजार, ११ अर्बको कारोबार
बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया