गणपुरक संख्या नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
मेरोन्यूज
२०८२ जेठ ६ गते १६:३१

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थागित भएको हो ।
‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न गणपुरक संख्या अपुग भएको हो । सभामुख देवराज घिमिरेले प्रस्ताव निर्णयार्थ पेस गर्दा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गणपुरक संख्या एकीन गर्न माग गरेका थिए ।
संविधानको धारा ९४ अनुसार कुनै पनि प्रश्न वा प्रस्ताव पेस गर्न एकचौथाइ सांसद बैठकमा उपस्थित हुनुपर्ने व्यवस्था छ । सोहीअनुसार तीन मिनेट घण्टी बजाएर गणपुरक संख्या एकीन गरिएको थियो ।
प्रस्ताव पेस गर्दा गणपुरक संख्या ६९ हुनुपर्नेमा ६५ सांसद मात्रै बैठकमा उपस्थित भएकाले सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन् ।
सम्बन्धित









कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
जेनजी आन्दोलनका घाइतेले गरे माइतीघरमा धर्ना
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै
ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ
एमालेकाे स्वयंसेवक फोर्सले संकट र विपत्तिमा सघाउँछः अध्यक्ष ओली
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया