पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत फेला

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा वयस्क जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ ।
अन्दाजी ५५ वर्षको मकुना हात्तीलाई स्थानीयवासीले आज बिहान जङ्गलभित्र मृत अवस्थामा देखेर वन कर्मचारीलाई खबर गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताए । उक्त हात्ती धेरै पहिलेदेखि बिरामी थियो ।
प्रकृति संरक्षण कोषबाट पशु चिकित्सक ल्याएर चार पटक उपचार गराएको श्रेष्ठले जानकारी दिनुभयो । “हात्ती पहिल्यैदेखि बिरामी थियो,” उनले भने, “उपचार गरियो, बचाउन सकिएन ।” बिरामी भएर चरनमा जान नसकेपछि उक्त हात्तीका लागि मेचीनगरका युवाको संस्था रेपिड रेस्पोन्स टिम (आरआरटी)ले बन्दाकोभी, फुलकोभी, तरुललगायतका खाना जङ्गलमै लगेर खुवाउने गरेको थियो ।
वन्यजन्तु संरक्षण अभियन्ता शङ्कर लुइँटेलका अनुसार उक्त रैथाने हात्तीलाई ‘घुमन्ते गज’ नामकरण गरिएको थियो । लुइँटेलले झापाको जङ्गलमा विचरण गर्दै आएका रैथाने हात्तीलाई तिनीहरुको पहिचान र स्वाभावको आधारमा विभिन्न नामकरण गरिँदै आएको बताए ।
हात्ती मरेपछि पोस्टमार्टम जाँचका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट प्राविधिक टोली घटनास्थलमा आइपुगेको र आजै खाल्डो खनेर पुरिने जनाइएको छ ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया