सगरमाथा आरोही सशस्त्र प्रहरी नायव निरीक्षक दन्तबहादुर छत्याललाइ दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । सगरमाथा सम्वादको सन्देशसहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फिर्ता भएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्त बहादुर छत्याललाई एक तह बढुवा गरिएको छ ।
सगरमाथाको सफल आरोहण गरी साहसिक कार्य गरेवापत सशस्त्र प्रहरी बल नेपालले उनलाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा पदोन्नती गरेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जेठ ८ गते सशस्त्र प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका छत्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्नुकासाथै सगरमाथा सफल आरोहणको हार्दिक बधाई समेत दिएका छन् ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरुले सगरमाथा आरोहण गर्नसक्छु भन्ने भावना लिई साहसिक कार्यगर्दा सबैमा हौसला मिल्ने चर्चा गर्दै सगरमाथा आरोहण गर्ने व्यक्तिको मात्र नभई देश र संगठनको नाम समेत उच्च रहने बताए ।
उनले सगरमाथा लगायतका हिमालहरु आरोहण गर्ने आट, साहस र हौसला सबैमा प्रदान होस भन्ने विश्वास प्रकट गर्दै आगामी बर्षदेखि सशस्त्र प्रहरी बल नेपालका सबै प्रदेश कार्यालयहरुमा हिमाल आरोहण गर्ने अभियान नै शुरु गर्ने बताए ।
यही जेठ ४ गते बिहान ९ः२० बजे उनले सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए । सशस्त्र प्रहरी नायव निरीक्षक छत्याल सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
प्रतिक्रिया