अख्तियारमा वीरगञ्ज महानगरसम्बन्धी उजुरी धेरै

वीरगञ्ज (पर्सा)। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यहाँका १४ पालिकामध्ये सबैभन्दा धेरै वीरगञ्ज महानगरका कामकारबाहीसम्बन्धी उजुरी परेका छन् ।
आयोगका हेटौँडा कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज महानगरसम्बन्धी १४१ उजुरी परेका छन् । कार्यालयका प्रहरी नायब उपरीक्षक राजीव श्रेष्ठले पर्साका पालिकामध्ये सबैभन्दा धेरै उजुरी वीरगञ्ज महानगरका परेको जानकारी दिए ।
“चालु आवको १० महिनामा वीरगञ्ज महानगरमा १४१ उजुरी परेका छन्”, उनले भने, “सोही अवधिमा पटेर्वा सुगौली र जिराभवानी गाउँपालिकाको उजुरी भने शून्य रहेको छ ।”
कार्यालयका अनुसार चालु आवको वैशाख मसान्तसम्म छिपरमाई गाउँपालिकामा १०४ उजुरी परेका छन् । यस्तै, बहुदरमाईमा २३, पोखरियामा २९, कालिकामाईमा छ, पकाहाँमैनपुरमा १७, जगरनाथपुरमा चार, धोबिनीमा १०, विन्दावासिनीमा आठ, पर्सागढीमा चार, सखुवाप्रसौनी र ठोरी गाउँपालिकाका तीन/तीनवटा उजुरी परेका छन् । चालु आवको १० महिनामा जिल्लाका स्थानीय तहसम्बन्धी ३५२ वटा उजुरी परेका छन् जबकि गत आवभरिमा १७२ वटा उजुरी परेका थिए ।
कार्यालयका अनुसार चालु आवको १० महिनाको अवधिमा वीरगञ्ज महानगरसम्बन्धी १०२ उजुरी फछ्र्यौट भएका छन् । यस्तै, छिपरमाइसम्बन्धित उजुरी पनि ५७ र बहुदरमाईसम्बन्धित नौवटा उजुरी फछ्र्यौट भएका छन् ।
प्रहरी नायब उपरीक्षक श्रेष्ठले स्थानीय तहमा सार्वजनिक खरिद प्रक्रियाका विषयमा धेरैजसो उजुरी आउने गरेको बताए । “स्थानीय तहमा विशेष गरेर सार्वजनिक खरिद र निर्माण प्रक्रियासम्बन्धी उजुरी धेरै आउने गरेका छन्”, उनले भने, “गलत इष्टिमेट तयार पार्ने, खरिद प्रक्रिया र कानुनको परिपालन नगर्ने समस्या छ । यस्तै, उपभोक्ता समितिले जिम्मा लिएका काम अर्को ठेकेदारमार्फत गराउने गलत प्रवृत्तिको पनि विकास भइरहेको छ । जसले धेरैजसो समस्या उत्पन्न भइरहेका छन् ।”










पार्टीको महाधिवेशन टार्ने प्रयास भइरहेको छ : महामन्त्री थापा
निर्वाचन तयारीबारे आज प्रधानमन्त्रीसहित सर्वपक्षीय छलफल
महाधिवेशन राेक्न खाेजे विशेष महाधिवेशन हुन्छ : गगन थापा
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया