अनेरास्ववियु महाधिवेशन : प्रतिनिधि छनोट प्रक्रिया आजदेखि
मेरोन्यूज
२०८२ जेठ १० गते ९:२०

काठमाडौं । नेकपा एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशन यही जेठ २५ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ ।
महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया आजदेखि एकसाथ देशैभर सुरु भएको अनेरास्ववियुका केन्द्रीय प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।
प्रतिनिधि छनोट प्रक्रिया पूर्ण रूपमा लोकतान्त्रिक, पारदर्शी र सङ्गठनात्मक विधिअनुसार सञ्चालन हुने उनको भनाइ छ ।
अनेरास्ववियुले ‘शिक्षालाई सीप, श्रम, उत्पादन र रोजगारीसँग जोडौँ सामाजिक अराजकता र बढ्दो युवा पलायन रोक्न विद्यार्थी शक्ति समृद्धिमा अगाडि बढौँ’ भन्ने मूल नारा तय गरेको छ ।
सङ्गठनका सम्पूर्ण कार्यकर्ता, विद्यार्थीहरू तथा शुभेच्छुकहरूलाई प्रतिनिधि छनोट प्रक्रिया सफल पार्न सहयोग र ऐक्यबद्धता जनाउन अनेरास्ववियुले आग्रह समेत गरेको छ ।
सम्बन्धित










कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन
सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट
एनआईसी एशिया बैंककाे सम्पत्ति लिलाम बिक्रीसम्बन्धी जानकारी लिलाम बिक्री पोर्टलमा
पोखरामा प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर
सरकारी कार्यालयमा हप्तामा एक-दुई दिन परम्परागत पोशाक लगाउने व्यवस्था गर्नुपर्छ : प्रधानमन्त्री कार्की
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया