काँजी हिमाल अध्ययन गर्न गएको टोलीले भेट्टायो तीन नयाँ हिमताल

सर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीको तिल गाउँमा गएको हिमपहिरोको अध्ययन गर्नका विज्ञ टोलीले काँजी हिमालमा तीन वटा हिमताल भेटाएको छ । विज्ञ टोलीले पाँच हजार तीन सय ५० मीटरमा रहेको हिमताल भएको स्थानसम्मै पुगेर अध्ययन गरेको हो ।
यसअघि दुई वटा हिमताल देखिएको स्थानमा तीन वटा ताल भेटिएको भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटाले बताए ।
गत जेठ एक गते हिम ताल फुटेर पहिरो गएको आशंका गरिएको अवस्थामा त्यसको सत्य तथ्य पत्ता लगाउन विज्ञ टोली पुगेको छ ।
काठमाडौंबाट आएको तीन सदस्यीय विज्ञ टोली लिमीको तील गाउँमा पुगेर आइतबार हिमपहिरो सुरु भएको स्थानतर्फ गएको थियो ।
टोलीमा राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणका शुसिलकुमार श्रेष्ठ, खानी तथा भू–गर्भ विभागका सिडिई शिवप्रसाद बास्कोटा र हाईड्रोलोजिस्ट ईन्जिनीयर सौहार्द जोशी रहेका छन् । काँजी हिमालमा दुई स्थानीयसहित पाँच जनाको टोली गएको वडाध्यक्ष पाल्जोर तामाङले बताए ।
यही जेठ १ गते रातीको बाढी र सुख्खा पहिरोका कारण नाम्खा गाउँपालिका–६ तिल गाउँका १८ घरका ३२ जना परिवार विस्थापित भएका छन् ।










कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छ : कार्यवाहक प्रमुख आयुक्त
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया