गणतन्त्रमाथि आक्रमण हुँदा मौनता साँधेर बस्नु हुँदैनः नेता गौतम

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले गणतन्त्रमाथि आक्रमण भइरहेका बेला कसैले पनि मौनता साँधेर बस्नु नहुने बताएका छन् ।
प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले जनताको बलिदानबाट प्राप्त भएको गणतन्त्रविरुद्ध कसैलाई पनि जान छुट नभएको बताए। उनले गणतन्त्रविरुद्ध आक्रमण हुँदा एमाले मुकदर्शक बनेर नबस्ने बताए । “अरू पार्टी र सङ्गठन के गर्दछन् त्यो उहाँहरुको नीति र निष्ठाको विषय हो”, उनले भने, “एमाले गणतन्त्र विरोधीलाई निस्तेज पार्न र गणतन्त्रको पक्षमा माहोल बनाउन सधैँ अग्रपङ्क्तिमा हुनेछ ।”
स्थायी कमिटी सदस्यसमेत रहेका गौतमले यही जेठ १५ गते मनाउन थालिएको गणतन्त्र उत्सवलाई सफल पार्नका लागि प्रेस चौतारीले प्रचारप्रसारको कामलाई तीव्र गति दिन निर्देशन दिए । उनले सबै प्रकारका सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई समेत कार्यक्रमका पक्षमा माहोल बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन् ।
अध्यक्ष गणेश पाण्डेले उपत्यकामा रहेका सबै कमिटीलाई गणतन्त्र उत्सव सफल बनाउन सहभागी हुन निर्देशन दिए । उनले प्रेस चौतारीले आजैदेखि आम सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत कार्यक्रमको व्यापक प्रचार गर्नुपर्ने बताए । एमालेले गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउने निर्णय गरेको छ ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया