बिहीबार संघीय सरकारले बजेट ल्याउँदै, यस्तो छ कार्यसूची
२:४५ मै उपस्थित हुन सांसदहरुलाई आग्रह

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भोलि बिहीबार राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट पेस गर्ने भएका छन्।
संघीय संसद्को दैनिक कार्यसूचीमा अर्थमन्त्रीले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने समय अपराह्न ३ बजेलाई तोकिएको हो।
त्यसअगाडि दिउँसो १ः३० बजे सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ।
त्यसैगरी उपप्रधान एवं अर्थमन्त्री पौडेलले बजेटअघि नै दिउँसो १ः३० मा आव २०८२/०८३ आर्थिक सर्वेक्षण पेस गर्ने संसद् सचिवालयले जनाएको छ।
दिउँसो १ः४५ बजे अर्थमन्त्री पौडेलले ‘आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण’ सभासमक्ष पेस गर्ने सम्भावित दैनिक कार्यसूची राखिएको छ।
संसद् सचिवालयका अनुसार बजेट पेस हुने समय ३ बज्नुअगावै सबै सांसदहरुलाई २ः४५ बजेअगाडि नै संयुक्त सभाको बैठकको लागि प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित हुन भनिएको छ।










Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया