उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने

काठमाडौं । कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई सरकारले कारवाही गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने बताएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बढी शुल्क लिने अस्पतालका बारेमा मन्त्रालय र स्थानीय प्रशासनमा परेको उजुरीका आधारमा कारवाही गरिने बताए ।
“महामारीको यो सङ्कटमा हामीले एकले अर्कालाई सेवभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ”, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अनावश्यक बढी शुल्क लिनेलगायतका गैरकानूनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्थाउपर यस्ता गतिविधि नगर्न नगराउन हुन सचेत गराइन्छ ।”
















प्रधानमन्त्री बालेनले आज विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित, शपथ ग्रहण आजै
प्रतिक्रिया