पूर्वराजा ज्ञानेन्द्रलाई माधव नेपालको चुनौती- देशको चिन्ता भए चुनाव जितेर प्रधानमन्त्री बन्नू
मेरोन्यूज
२०८२ जेठ १५ गते १३:४१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको विकल्प सम्मुनत गणतन्त्रमात्रै भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले वंशको शासन नचाहिएको बताए ।
“गणतन्त्रको विकल्प सम्मुनत गणतन्त्र नै हो । गणतन्त्रको विकल्प राजतन्त्र होइन । राजतन्त्रको बारेमा कुरा उठिरहेको छ,” उनी भन्छन्, “बाबु भएन भने छोरा, छोरा भएन भने नाति, कुन दिन जन्मिँदै गरेको पनातिलाई जिम्मा दिऊँ भन्ने कुरा आउला त्यो हुनाले वंशको शासन हामीलाई चाहिएको छैन ।”
उनले पूर्वराजा ज्ञाानेन्द्र शाहलाई मुलुक सञ्चालनको चिन्ता भए प्रधानमन्त्री बनेर आउन चुनौती दिए । “यदि मुलुक सञ्चालन गर्ने चिन्ता कसैलाई लागेको हो भने प्रधानमन्त्री भएर आए हुन्छ । चुनावको मैदानमा उत्रिए हुन्छ । जनताको मन र विश्वास जिते हुन्छ,” उनले भने ।
सम्बन्धित







HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया