अनेरास्ववियु महाधिवेशन : अध्यक्ष पदमा शरद पोखरेलको उम्मेदवारी घोषणा

काठमाडौँ। अनेरास्ववियुमा एमालेले ३२ बर्षे उमेर हद लगाएपछि संगठनमा दोस्रो तहका नेताहरु नेतृत्वको दौडमा छन् ।
३२ बर्षे उमेर हदका कारणले अहिलेका पदाधिकारीमध्ये चार जना मात्र नेतृत्वका लागि योग्य हुने छन् । सचिव प्रकाश पौडेल, डा. सुजन कडरिया, दीपक धामी, अन्जना सिवाकोटी र आरती भट्टराई नयाँ नेतृत्वका लागि योग्य रहेका छन् । तिमध्ये अहिलेसम्म कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन् । तर पदाधिकारी बाहेकका अन्य अखिलका नेताहरुले भने उम्मेदवारी घोषणा गरिसकेका छन् । तिमध्ये एक हुन् अखिलका केन्द्रीय सदस्य तथा शिक्षा विभाग उपप्रमुख शरद पोखरेल ।
प्युठानको सुन्दर गाउँ बेलबासबाट यात्रा सुरु गरेका पोखरेल अहिले अनेरास्ववियुको अध्यक्ष पदमा सशक्त दाबी गर्दै अगाडि बढिरहेका छन् । त्रिचन्द्र क्याम्पसमा विद्यार्थी राजनीतिमा क्रियाशील पोखरेलले अहिले अखिलको अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् ।
त्रिचन्द्रमा उनलाई ‘आन्दोलनको बाघ’ उपनाम चिनिने पोखरेले यहि जेठ २५ गतेदेखि २८ गतेसम्म हुने अनेरास्ववियुको २४ औं महाधिवेशनका लागि उम्मेदवार घोषणा गरेका हुन् । आफूले विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने, युवाको आवाजलाई बुलन्द बनाउने र नीति निर्माणमा विद्यार्थीको पक्ष प्रस्तुत गर्ने उनी बताउँछन् ।
उनले विद्यार्थीको विदेश पलायन रोक्ने, स्वदेशमै अवसर सिर्जना गर्ने, र शिक्षालाई जनताको पहुँचमा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
महाधिवेशनले १५१ नयाँ कमिटी चयन गर्नेछ ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया