विश्व शान्तिका लागि प्रत्येक देशमा शान्ति हुनु जरुरी : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्व शान्तिका लागि प्रत्येक देशमा शान्ति कायम हुनु जरुरी रहेको बताएका छन् ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको ‘विश्व एकता र विश्वासका लागि ध्यान-योग’ छाता कार्यक्रमको राष्ट्रिय शुभारम्भ समारोहमा उनले कुनै पनि देशमा शान्ति कायम हुनुअघि त्यस देशका प्रत्येक नागरिकमा शान्तिको अनुभूति हुनुपर्नेमा जोड दिए । व्यक्ति, व्यक्तिमा शान्ति कायम गराउन केन्द्रले चलाएको ध्यान-योग छाता कार्यक्रमले सकारात्मक र महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उपप्रधानमन्त्री सिंहले विश्वास व्यक्त गरे । केन्द्रले यसअघि पनि देशका विभिन्न स्थानमा शान्ति स्थापनाका लागि गरिरहेको आध्यात्मिक गतिविधिको उनले प्रशंसा गरे । यो अभियानलाई धेरैभन्दा धेरै मानिसका बीचमा पुर्याउनुपर्नेमा उनले जोड दिए।
केन्द्रका राजयोग प्रशिक्षक ब्रह्मकुमार रामसिंह ऐरले विश्वमा एकता र विश्वासका लागि ध्यान-योग छाता कार्यक्रम आवश्यक रहेको बताए । व्यक्तिले स्वयंमा शान्तिको अनुभव गरेपछि विश्व शान्तिका लागि टेवा पुग्ने उनको भनाइ छ ।भारतको माउन्ट आबुस्थित ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयका सुनैना दिदीले ध्यानस्थलमा सकारात्मक ऊर्जा प्रवाह भई शान्तिका लागि सहयोग पुग्ने भएकाले ध्यान-योग छाता कार्यक्रमको शुभारम्भ नेपालमा गरिएको बताए।
केन्द्रकी राजयोगिनी ब्रह्मकुमारी कुसुम दिदीले आज शुभारम्भ गरिएको कार्यक्रम देशका अन्य भागमा पनि विस्तार गरिने जानकारी दिए ।
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
प्रतिक्रिया