४ बजेसम्मका लागि सर्यो संसद् बैठक
मेरोन्यूज
२०८२ जेठ २० गते १४:३७

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक फेरि सरेको छ। संसद् सचिवालयले दोस्रोपटक सूचना टाँस गर्दै अपराह्न ४ बजेसम्मका लागि बैठक सरेको नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले जानकारी दिए।
बिहान ११ बजे सुरु हुने भनिएको बैठक दलहरूबीच सहमति नहुँदा दिउँसो २ बजेसम्मका लागि सरेको थियो। २ बजेसम्म पनि सदनको गतिरोध अन्त्य गर्न विपक्षी दल तयार नभएपछि ४ बजेसम्मका लागि सारिएको हो।
विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन्।
पाण्डेका अनुसार सत्तापक्ष उच्चस्तरी छानबिन समिति बनाउनुपर्ने विपक्षीको माग छ। तर सत्तापक्षले भने यसमा सहमति जनाएका छैनन्।
सम्बन्धित
















आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया