संसद् बैठक बस्दै नबसी भोलिसम्मलाई स्थगित
मेरोन्यूज
२०८२ जेठ २० गते १५:२०

काठमाडौं ।प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको थियो । पछि दिउँसो २ बजे बस्ने गरी बैठक सारिएको थियो ।
तर, २ बजेका लागि तय भएको बैठक भोलि दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् ।
गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने विपक्षीहरूको अडान छ ।
सम्बन्धित
प्रतिक्रिया