गृहमन्त्रीले भने– भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिन्छु
मेरोन्यूज
२०८२ जेठ २१ गते ११:१३

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै बोलेर जवाफ दिने बताएका छन्।
बुधबार बिहान राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेपछि उनले भने, ‘यस विषयमा म संसदमै बोलेर जबाफ दिन्छु। समितिमा जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउन सक्नुहुन्छ।’
आफूलाई संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन पनि उनले समिति सदस्यहरूसँग आग्रह गरे।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
सम्बन्धित
















बालेनको स्वागत गर्न पुगेका समर्थक गाडीबाट खसे, ६ जना घाइते
समानुपातिक तर्फको मतपत्र छपाइ सकियाे
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार १६ अर्ब नाघ्यो
तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
प्रतिक्रिया