कोरोना संक्रमितबाट चर्को शुल्क असुलेको गुनासो आएपछि
उपत्यकाका ७ अस्पतालमा छड्के

काठमाडौं । काठमाडौं उपत्यकाका सात अस्पतालले कोरोना संक्रमितबाट चर्को शुल्क असुलेको पाइएको छ । काठमाडौं जिल्ला प्रसासन कार्यालय,औषधि व्यवस्था विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागले बिहिबार गरेको अनुगमनमा ती ७ अस्पतालले कोरोनाका बिरामीबाट चर्को शुल्क लिएको भेटिएको हो ।
७ अस्पतालहरुमा ग्रान्डी,ह्याम्स,सिभिल, केएमसी, मेडिकेयर,ओम,मेट्रो अस्पतालमा अनुगमन गरेको थियो । जसमा अधिकाशं अस्पतालहरुले कोरोना संक्रमितबाट चर्को शुल्क लिनुका साथै कोभिड मापदण्ड पालना समेत नगरेको भेटिएको छ । ति अस्पताललाई थप कारबाही गर्न स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने अनुगमन टोलीले जनाएको छ ।
यसैगरी, अनुगमनमा कोरोनाको जटिल बिरामीलाई प्रयोग गरिने रेम्डेसिभिर औषधि निजामति अस्पताल र ह्याम्स अस्पताल अस्पताल बाहेक सबैले सकेको भेटिएको छ । औषधि व्यवस्था विभागले मंगलबार मात्र ति अस्पतालहरुलाई रेम्डेसिभिर उपलब्ध गराएको थियो ।










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया