बेगनास तालमा बेपत्ता पुरुषको शव ३५ फिट गहिराइमा भेटियो
मेरोन्यूज
२०८२ जेठ २६ गते १३:१३

पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–३१ स्थित माझीकुनामा रहेको बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक पुरुषको शव ३५ फिट गहिराइबाट निकालिएको छ।
गोरखा जिल्लाको शहिदलखन गाउँपालिका–३, मनकामनाका ४३ वर्षीय राजेश श्रेष्ठ जेठ २५ गते साँझ साढे ७ बजे तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। पोखरा भ्रमणमा रहेका श्रेष्ठ लेकवेभ होटलमा बस्दै आएका थिए।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको गोताखोर टोलीले सोमबार बिहान १० बजे बेपत्ता श्रेष्ठको शव फेला पारेको हो।
तालको करिब ३५ फिट गहिराइबाट श्रेष्ठको शव फेला पारी बाहिर निकालेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सम्बन्धित










बागमती प्रदेशसभाको बैठक बोलाउने तयारीमा सरकार : काे बन्ला सभामुख ?
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि कडा मापदण्ड
ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया