माओवादी अध्यक्ष दाहाल मुस्ताङमा

मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज म्याग्दीको बेनी हुँदै मुस्ताङ आएका छन् ।
माओवादी केन्द्रको ‘जनतासँग माओवादी जनजागरण’ अभियानका क्रममा अध्यक्ष दाहाल, महासचिव देव गुरुङलगायत नेता कार्यकर्ता सडकमार्ग हुँदै मुस्ताङ आएका हुन् ।
उनीहरूलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, माओवादी जिल्ला समन्वय समिति इञ्चार्ज धीरेन्द्र विक, जिल्लास्थित सुरक्षा निकाय प्रमुखलगायत स्थानीय प्रतिनिधिले म्याग्दी र मुस्ताङको सिमानाका घाँसामा स्वागत गरेका थिए ।
अध्यक्ष दाहालले आजै राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम ७४ किमी सडकको स्थलगत अवलोकन गरेका छन् । साथै माओवादी अध्यक्षसहित नेताहरूले लामो समयदेखि निर्माण अलपत्र परेको मुस्ताङको थासाङ गाउँपालिका–३ र ५ जोड्ने लेते–कुञ्जो मोटरेबल पुलको स्थलगत निरीक्षण गरेको माओवादी केन्द्रका जिल्ला समिति इञ्चार्ज विकले जानकारी दिए ।
अध्यक्ष दाहाललाई थासाङस्थित कुञ्जो ताक्लुङ क्षेत्रका बासिन्दाले पुल नबेकोप्रति गुनासो राख्दै निर्माणको पहल गर्न आग्रह गरेका उनले बताए । सोही क्रममा अध्यक्ष दाहालले पुल निर्माणलाई प्राथमिकतामा राखेर आफू र पार्टीले अधिकतम पहल गर्ने बताए ।
अध्यक्ष दाहाल, महासचिव गुरुङलगायत नेताहरूले गण्डकी प्रदेशको पहिलो धौलागिरि प्राविधिक शिक्षालयको अवलोकन एवं निरीक्षण गर्नुभएको शिक्षालयका प्रधानाध्यापक खड्गबहादुर सुब्बाले जानकारी दिए । उनीहरूलाई शिक्षालयको विस्तृत जानकारी दिँदै प्रअ सुब्बाले कार्यक्रमको सहजीकरण गरेका थिए ।
अध्यक्ष दाहाल शिक्षालय प्रवेश गर्दा त्यहाँबाट देखिने धौलागिरि हिमाल र निलगिरि हिमालको दृष्यावलोकन गर्न पाउँदा हर्षित भएको प्रतिक्रिया दिएको प्रअ सुब्बाले उल्लेख गरे ।
आजै अध्यक्ष दाहाललाई थासाङ गाउँपालिकाको कोवाङ, टुकुचे र घरपझोङ गाउँपालिकाको मार्फा, स्याङलगायत गाउँमा विभिन्न सरकारी तथा गैरसरकारी संस्था र स्थानीय नागरिकले स्वागत गरेका छन् । उनले मुस्ताङको माफौस्थित शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको बागवानी फार्मको अवलोकन गरे ।
अध्यक्ष दाहाललाई माओवादी केन्द्रका मुस्ताङका जिल्ला इञ्चार्ज कपिल लामासहित जिल्ला नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । उनले आजै जिल्ला समन्वय समिति र पालिका समन्वय समितिलाई शपथग्रहण तथा पार्टी प्रशिक्षण गर्नुहुने इञ्चार्ज कपिल लामाले बताए । उनका अनुसार अध्यक्ष दाहालले जिल्लास्थित पार्टी कार्यालयका प्रतिनिधिसँग छलफल गर्नुका साथै नागरिक संवाद गर्ने कार्यक्रम छ ।
अध्यक्ष दाहालले बिहीबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मुस्ताङको पार्टी कार्यालयको भवन शिलन्यास गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य ङुटुक गुरुङले जानकारी दिए ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया