काभ्रेमा १६५ सङ्क्रमित थपिंदा २२ जना डिस्चार्ज

काभ्रेपलान्चोक । कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा बिहीबार १६५ सङ्क्रमित थपिएका छन् ।
कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)का अनुसार बुधबार १५८ जनामा सङ्क्रमण भएको थियो भने अघिल्लो दिन जिल्लामा ८२ मा सङ्क्रमण पुष्टि भएको थियो । काभ्रेपलाञ्चोकका २२ सङ्क्रमित डिस्चार्ज भएको केन्द्रले जनाएको छ ।
कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता हालसम्म काभ्रेपलाञ्चोकका कूल ९१० सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा ३५९, धुलिखेलमा १८३, पनौतीमा १८८, पाँचखालमा ६७, नमोबुद्धमा ३३, मण्डनदेउपुरमा २२ तथा रोशी गाउँपालिकामा २०, चौंरीदेउरालीमा नौ, तेमालमा पाँच र भुम्लुमा सात, खानीखोलामा दुई, बेथानचोकमा १२ र महाभारत गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित छन् ।
जिल्लामा सबैभन्दा बढी बनेपा नगरमा ३९ दशमलव ४५ प्रतिशत सङ्क्रमित रहेका छन् । केन्द्रका अनुसार सङ्क्रमितमध्ये ८७८ होमआइसोलेशन तथा ३२ अस्पताल आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका ५६ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाका अनुसार जिल्लामा ‘कन्ट्याक्ट ट्रेसिङ’को दायरा बढाइएको छ ।
















पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने
भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया