उच्च अदालतमा ४ जना मुख्य न्यायाधीश नियुक्त

काठमाडौं । न्याय परिषदले उच्च अदालतका मुख्य न्यायाधीशहरुको नियुक्ति तथा पदस्थापन गरेको छ ।
शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरु राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।
जसअनुसार राजेन्द्रप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश पदमा सिफारिस गरिएको छ। उनी हाल उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा कार्यरत छन् ।
लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको मुख्य न्यायाधीश पदमा नियुक्त गर्ने सिफारिस गरिएको छ। उनी अहिले सोही अदालतमा कार्यरत छन् ।
यस्तै, हरिप्रसाद भण्डारीलाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सिफारिस गरिएको छ । उनी हाल उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत छन् ।
साथै, राजेशकुमार तिवारीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश पदमा सिफारिस गरिएको छ ।
















आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
गफ दिनेलाई सम्मान गरेर देश बन्दैन : हर्क साम्पाङ
मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
HoR election: 12 former ministers in fray in Sudurpaschim Province
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया