मधुमेह रोगीका लागि औषधिभन्दा लाभदायक हुन्छ व्यायाम

रगतमा चिनी अर्थात ग्लुकोजको मात्रा आवश्यकता भन्दा बढी हुने अवस्थालाई मधुमेह अर्थात् चिनीरोग भन्ने गरिन्छ ।
शरीरमा रहेको प्यानक्रियाजको आईलेट अफ् ल्यागरह्यान्समा रहेको बेटा सेलबाट इन्सुलिन उत्पादन हून्छ । कुनै कारणबस इन्सुलिन कम बनेमा वा इन्सुलिनले राम्रोसँग काम नगरेमा रगतमा ग्लूकोजको मात्रा बढ्न जाने अवस्थालाई मधुमेह भनिन्छ ।
जब मधुमेह राेग देखिन्छ, पहिलो उपचारको रूपमा सोंच्नुपर्ने कुरा हो — व्यायाम, तर धेरैले औषधि सेवनतर्फ ध्यान दिएकाे पाइन्छ ।
मैले मेरो पेशागत जीवनमा थुप्रै मधुमेह भएका बिरामीहरू देखेको छु, तर तीमध्ये औषधिले पूर्ण रूपमा ठीक भएको मानिस भने दुर्लभ छन्। बहुसंख्यक बिरामीहरू औषधिमा भर परे पनि उनीहरूको चिनीको स्तर कहिल्यै स्थिर हुँदैन — तर ती बिरामीहरू जसले नियमित व्यायामलाई आफ्नो जीवनशैलीको अभिन्न हिस्सा बनाएका छन्, उनीहरूको स्वास्थ्यमा उल्लेखनीय सुधार देखिन्छ।
यथार्थ के हो भने, शरीरलाई चलायमान राख्नु नै सबैभन्दा शक्तिशाली उपचार हो। धेरैजसो अवस्थामा मधुमेह कुनै रोग होइन, जीवनशैलीमा आएको असन्तुलन हो। शरीरलाई चलायमान बनाउने बित्तिकै शरीर स्वयं उपचार गर्न थाल्छ।
नयाँ अनुसन्धानहरूले पनि देखाएका छन् कि मधुमेह औषधिले होइन, सोचाइ परिवर्तनले र जीवनशैली सुधारले ठिक हुन्छ। जब खानपान, निद्रा, तनाव र व्यायाम सन्तुलित हुन्छन्, शरीरको चिनी व्यवस्थापन प्रणाली स्वाभाविक रूपमा सशक्त बन्छ।
व्यायाम: शरीरको आफ्नै इन्सुलिनको शक्ति बढाउने उपाय
नियमित एरोबिक व्यायाम (जस्तै ३०–४५ मिनेट हिँड्नु) ले इन्सुलिनको प्रभावकारिता बढाउँछ।
शक्ति बढाउने व्यायाम (resistance training) ले मांसपेशी विकास गराउँछ, जसले चिनी सोस्ने क्षमता बढाउँछ।
दैनिक सानो सानो गतिशीलता (जस्तै लामो समय नबस्ने, नियमित सानो–सानो हिँडाइ) ले पेनक्रियाजलाई सक्रिय राख्छ।
भनेको छ — जब शरीर चल्दैन, तब रोग चल्छ। जब शरीर चल्छ, तब रोग थलिन्छ।
हामी फिजियोथेरापिस्टहरू हरेक दिन देखिन्छ व्यायामको शक्ति चमत्कारी हो। जब तपाईं मधुमेहको खतरा भोगिरहनु भएको छ, कृपया औषधि खोज्नुअघि आफ्नो जुत्ता खोज्नुहोस्। र हिँड्न सुरु गर्नुहोस्। तपाईंको उपचार तपाईंको खुट्टाबाट सुरु हुन्छ, चक्कीबाट होइन।
(लेखक पौडेल फिजियोथेरापिस्ट हुन्)















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
प्रतिक्रिया