ओली सरकार पूर्ण असफल भएको जसपा नेपालको ठहर

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालेको छ ।
जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष निकाल्दै समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको छ ।
‘केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियंत्रण, सुशासनको प्रत्याभूती, संविधान संशोधन, आर्थिक अवस्थामा सुधारलगायतका कार्यमा पूर्णतः असफल रहेकोले पार्टीद्धारा वर्तमान सरकारलाई विगतमा दिईएको समर्थन बारे पुनः विचार गरि निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देश गर्दछ,’ बैठकको निर्णयमा भनिएको छ ।
त्यस्तै, बैठकले आगामी भदौ २५, २६ र २७ गते आयोजित पार्टी प्रदेश अधिवेशनका लागि प्रदेश निर्वाचन सम्बन्धि निर्देशिका सर्वसम्मतिले पारित गरी जारी गर्ने निर्णयसमेत गरेको छ ।
















सुदूरपश्चिम प्रदेशसभाः संशोधन विधेयकको प्रतिवेदन पेश
कृषिमन्त्री चौधरी द्वारा कालीमाटी बजारको स्थलगत अनुगमन
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
मूल्य चापबीच मल अनुदान बढाउँदै भारत
श्रममन्त्री दीपक साह २ सातामै पदमुक्त
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया