ओली सरकार पूर्ण असफल भएको जसपा नेपालको ठहर

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालेको छ ।
जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष निकाल्दै समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको छ ।
‘केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियंत्रण, सुशासनको प्रत्याभूती, संविधान संशोधन, आर्थिक अवस्थामा सुधारलगायतका कार्यमा पूर्णतः असफल रहेकोले पार्टीद्धारा वर्तमान सरकारलाई विगतमा दिईएको समर्थन बारे पुनः विचार गरि निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देश गर्दछ,’ बैठकको निर्णयमा भनिएको छ ।
त्यस्तै, बैठकले आगामी भदौ २५, २६ र २७ गते आयोजित पार्टी प्रदेश अधिवेशनका लागि प्रदेश निर्वाचन सम्बन्धि निर्देशिका सर्वसम्मतिले पारित गरी जारी गर्ने निर्णयसमेत गरेको छ ।










एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले लिए शपथ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
तरुलखेतीबाट २२ जनालाई रोजगारी, ७ लाख बचत
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
प्रतिक्रिया