पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन थालेका छन् : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ नेता कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै उनको निधनले पार्टीले आदरणीय अभिभावक गुमाएको महसुस गरेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले श्रेष्ठको योगदानलाई उच्च सम्मान व्यक्त गर्दै कमरेड कृष्णलाल श्रेष्ठ सबैको निम्ती आर्दश पात्रको रुपमा भएको बताएका हुन्।
उनले भने, ‘कमरेड कृष्णलाल श्रेष्ठ आफैं तपाईं, हामी सबैका निम्ति आदर्श पात्र हुनुहुन्थ्यो। उहाँले पार्टी आन्दोलन, समाजसेवा र कठिन परिस्थितिमा रहेका कमरेडहरूको पीडामा सधैं साथ दिनुभएको थियो।’
अध्यक्ष प्रचण्डले हाल पार्टी भित्र देखिएको वैचारिक, राजनीतिक, व्यवहारिक र सांस्कृतिक विचलनप्रति चिन्ता व्यक्त गर्दै पार्टीलाई फेरि समाजवादको दिशातर्फ अग्रसर गराउने संकल्पमा सबैले दृढ प्रतिबद्धता व्यक्त गर्न आवश्यक रहेको बताए।
‘आजभोलि पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन थालेका छन्, उनले भने,‘यी सबैसँग जुध्दै समाजवादको यात्रामा अगाडि बढ्न हामी सबै थप प्रतिवद्ध हुनुपर्छ।’
















बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया