कुलिङ पिरियडः रामहरी खतिवडालाई राजिनामा दिन मनिष झाको सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांसदलाई झुक्काएर ‘कुलिङ पिरियड’ घुसाउने राज्य ब्यवस्था सभापति रामहरी खतिवडाले राजिनामा दिनु पर्ने बताएका छन् ।
राज्य ब्यवस्था समितिमा रोकिएको ‘कुलिङ पिरियड’ संसदमा सो बिधेयक प्रतिबेदन लैजादाँ सभापति खतिवडाले घुसाएर पठाएर पास समेत गराएको भन्दै सांसद झाले राजिनामा माग गरेका हुन् ।
‘राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाज्यु, निजामती बिधेयकमा, तपाईले सङ्घीय सदनको रोस्टमबाट टेवल गरेको भन्दा फरक कुरा कसरी आयो ?’ झाले प्रश्न गर्दै भनेका छन कि, ‘कि यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस्।’
उनले सो बिधेयक पारित गराउने सत्तारूढ र प्रतिपक्ष दलका सांसदहरूलाई पनि सामाजिक सञ्जालवाट ब्यंग्य गरेका छन्, ‘र, पढ्दै नपढेर ‘हुन्छ’ र ‘हुँदैन’ भन्ने (सांसद)ं हरूलाई ‘कुरी कुरी’ ।’
रास्वपाले भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकको राजिनामा माग गरिरहेको बेला अब राज्य ब्यवस्था सुशाषन समितिका सभापति खतिवडाको राजिनामा माग गर्ने तयारी गरेको बुझिएको छ ।
निजामति सेवा बिधेयकमा ‘कुलिङ पिरियड’ नराख्ने सहमति समितिमा भए पनि संसदमा पुगेकाे बिधेयकमा भने ‘कुलिङ पिरियड’ राखेर पारित भएकाे रहस्य खुले पछि यतिखेर खतिवडाकाे अालाेचना भइरहेकाे छ ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
प्रतिक्रिया