कांग्रेस केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी
मेरोन्यूज
२०८२ असार १७ गते १२:४५

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरू भएको छ ।
हिजो साेमबारदेखि सुरू भएको केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी छ । साेमबारकाे बैठकमा मुख्यतयाः प्रभावशाली नेता शेखर कोइरालाले नेतृत्वमाथि विभिन्न प्रश्न उठाएका थिए ।
बैठकमा छलफलका लागि विभिन्न १३ वटा एजेण्डा प्रस्तुत गरिएको छ ।
पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा मुख्य रुपमा गठबन्धनको सरकारका साथै भ्रातृसंस्थाका विषयमा केन्द्रीय सदस्यहरूसँग राय लिइनेछ । यस्तै, सङ्घीय सरकार र प्रदेश सरकारमा रहेका मन्त्रीहरूका कामकारबाहीका बारेमा जानकारी गराउने एजेण्डा पछि छलफलको विषय रहेको छ ।
सोमबारको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधनको विषय राख्नुका साथै प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया