इजरायली आक्रमणमा इरानका राष्ट्रपति घाइते भएको खुलासा

काठमाडौं । इजरायलले गत महिना इरानमा गरेको हवाई आक्रमणका क्रममा राष्ट्रपति मसूद पेजेश्कियन सामान्य घाइते भएको इरानियन रिभोल्युसनरी गार्डसँग आबद्ध समाचार समिति-फार्सले जनाएको छ । उनको खुट्टामा चोट लागेको जनाइएको छ ।
इरानको रेभुलेसनरी गार्डसँग निकट फार्स न्युज एजेन्सीका अनुसार १६ जुनका दिन तेहरानको अन्डरग्राउन्डमा लक्षित गर्दै बम प्रहार हुँदा उनी घाइते भएका थिए। राष्ट्रपति राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी भएकै समयमा आक्रमण भएको थियो।
त्यस समयमा राष्ट्रपतिको गोडामा चोट लागेको थियो। सार्वजनिक भएको भिडियोमा उत्तर पश्चिम तेहरानमा भीषण आक्रमण भएको थियो।
फाेर्स न्युजका अनुसार मानिस प्रवेश गर्ने ६ वटा ढोका नै इजरायलको आक्रमणको कारण नास भएका थिए। सो समयमा बत्तीको लाइन समेत काटिएको थियो। यसका बाबजुद राष्ट्रपति पेजेस्कियन सुरक्षित रूपले बाहिर निस्कन सफल भएको समाचारमा उल्लेख छ।
















सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया