एक हजार युक्रेनी सैनिकको मृत शरीर हस्तान्तरण

काठमाडौं । गत महिना शान्ति वार्ताका लागि भएको सहमतिअनुसार रुसले बिहीबार युक्रेनलाई एक हजार सैनिकको मृत शरीर हस्तान्तरण गरेको छ । मस्को र किएभबीच इस्तानबुलमा भएको दुई चरणको वार्ताले युद्धविरामको दिशामा कुनै प्रगति हुन सकेको छैन । ठूलो मात्रामा कैदी आदानप्रदान र मारिएका सैनिकहरूको शव फिर्ता गर्ने काम भइरहेको छ ।
“युद्धका क्रममा मारिएका एक हजार सैनिकको शब रुसले युक्रेनलाई हस्तान्तरण गरेको छ,” युक्रेनको सरकारी निकायले जारी गरेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा रुसले युक्रेनी सैनिकसहित केही लडाकू गैरसैनिकलाई फिर्ता गरिएको दाबी गरेको छ । यसबारे किएभका तर्फबाट पुष्टि भने भइसकेको छैन । यसअघि रुसले युक्रेनी भेषमा रहेको बेलाय मारिएका रुसी सैनिकको शवलाई रूसले सुपुर्दगी गरेको आरोप लगाएको थियो ।
रुसी वार्ताकार तथा क्रेमलिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले किएभले १९ जना मारिएका रुसी सैनिकको अवशेष फिर्ता पठाएको बताए ।
दुवै पक्षबीच भएका केही सफल कूटनीतिक पहलहरूमध्ये कब्जामा लिएका सैनिकहरूको आदानप्रदान र अवशेषहरूको स्वदेश फिर्ती द्वन्द्वको दौडान नियमित रूपमा हुँदै आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबका बावजुद रुसले युद्धविरामको आह्वानलाई अस्वीकार गरेको छ र दुई पक्ष तीन वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि सहमत हुने सम्भावनाको नजिक पुगेका छैनन् ।
गत महिना भएको वार्तामा रुसले युक्रेनलाई थप भूभाग फिर्ता गर्नुपर्ने र सबै प्रकारका पश्चिमा सैन्य सहयोग अस्वीकार गर्नुपर्नेलगायतका कडा मागहरूको सूची पेश गरेको थियो ।
किएभले रूसी अडानहरूलाई अस्वीकार्य मागको रूपमा व्याख्या गर्दै ती मागलाई खारेज गरेको छ र यदि मस्को लचक बन्न इच्छुक छैन भने थप वार्ताको औचित्यमाथि प्रश्न उठाएको छ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
प्रतिक्रिया