रुसको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

रुसको सुदूर पूर्वी तटीय क्षेत्रमा आइतबार शृङ्खलाबद्धरूपमा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन विभागले जनाएको छ ।
स्थानीय समयअनुसार आइतबार सुरूमा लगातार ५.० म्याग्निच्युड र ६.७ म्याग्निच्यूडको भूकम्प गएपनि यसबाट सुनामीको जोखिम हुने बताइएको थिएन । ग्रीनविच समयअनुसार आइतबार ८ः४९ मा अर्को ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको र यसबाट तटीय क्षेत्रमा सुनामीको लहर आउनसक्ने बताइएको छ ।
युएसजीएसले रुसी तटमा ३० सेन्टिमिटरदेखि एक मिटर (३.३ फिटसम्म) र जापान तथा अमेरिकी राज्य हवाईमा ३० सेन्टिमिटर (एक फिट) भन्दा कम छाल आउने अनुमान गरेको छ ।
भूकम्पको केन्द्रविन्दु पेट्रोपाभलोभ्स्क–कामचात्स्की शहरबाट करिब १५० किलोमिटर पूर्वमा रहेको प्रशान्त महासागरमा रहेको बताइएको छ ।
युएसजिएसका अनुसार प्रारम्भिक भूकम्पपछि अर्को भूकम्पसहित थुप्रै पराकम्पनहरू आएका थिए।
रुसी आपतकालीन अवस्था मन्त्रालयले टेलिग्राममा लेखेको छ, “बेरिङ सागरको दक्षिणपश्चिमी भागमा रहेको कमान्डर टापुमा ६० सेन्टिमिटरसम्म र कामचाटका प्रायद्वीपमा १५ देखि ४० सेन्टिमिटरसम्म छाल आउने अनुमान गरिएको छ ।”
प्रायद्वीप प्रशान्त र उत्तर अमेरिकी टेक्टोनिक प्लेटहरूको मिलन बिन्दु हो । यसलाई भूकम्पीय हिसाबले जोखिमयुक्त क्षेत्र मानिन्छ ।
सन् १९०० यता यस क्षेत्रमा ८.३ म्याग्निच्यूड वा सोभन्दा माथिका सात वटा ठूला भूकम्प गइसकेका छन् ।
















मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया